१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


भक्तपुरमा यो वर्षको नवदुर्गा गण नाच सुरु


0
Shares

भक्तपुर । महिषासुरको प्रतीक खँम्ये बध गरेसँगै भक्तपुरमा यो वर्षको नवदुर्गा गण नाच सुरु भएको छ ।

नवमीको मध्यरातमा असुरी शक्तिको प्रतीक खँम्ये अर्थात राँगोलाई ब्रम्हायणी पीठमा वध गरिएको थियो ।

तान्त्रिक शक्तिमा आधारित नवदुर्गाका मुकुटलाई प्रत्येक वर्ष नयाँ बनाएर आजकै दिनदेखि नाच शुरु गर्नुपर्ने परम्परा छ ।

देवीनाचको लागि निर्माण गरिएका मुकुटमा कर्माचार्य समुदायले तान्त्रिक प्राण प्रतिस्थापन गरेका छन् ।

नयाँ बनाइएका मुकुटलाई भक्तपुर दरबारको तलेजुमा पुर्‍याएर आवश्यक पूजाविधिपश्चात नवदुर्गा भवानीको देवताघरमा राखिएका छन् ।

दसैंको एकादशीदेखि सुरु हुने नवदुर्गा नाचलाई भक्तपुरका विभिन्न टोल तथा अन्य जिल्लामा समेत नचाइन्छ ।