१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


दशैंको रौनकः सार्वजनिक गाडीमा कोचाकोच, ट्याक्सीमा मनपरी भाडा


0
Shares

काठमाडौं । सधैंभरी भिडभाड, कोलाहलयुक्त देखिने काठमाडौंका सडक आजभने केही सहज देखिएको थियो ।

सार्वजनिक सवारी साधन निकै न्यून चलेका थिए । बजार पसल पनि खासै खुलेका थिएनन् तर मान्यजनको हातबाट टीका थाप्न जानेहरुको भने चहलपहल देखिन्थ्यो । 

बडादसैंको टीकाको दिन मान्यजनको हातबाट टीका र प्रसाद ग्रहण गर्न जानेहरुको निकै चहलपहल देखिन्थयो ।

निधारमा टीका, टाउकोमा जमरा तथा रंगीचंगी कपडामा सजिएर मानिसहरु निकै हतारमा आफ्नो गन्तव्यमा कुदिरहेका थिए ।

सार्वजनिक यातायातका साधन निकै कम मात्रामा चल्दा टीका थाप्न हिँडेका मानिसहरुले केही असहजता अनुभव गरेका थिए । थोरै मात्र चलेका सार्वजनिक यातायातमा मानिसको कोचाकोच देखिन्थ्यो ।

बच्चाबच्ची बोकरे हिडेका र बृद्धबृद्धाहरुको अबस्था भने असहज थियो ।

हुन त प्रहरी र सेनाले सर्वसाधारणका लागि भन्दै आफ्ना सवारी साधन चलाएका थिए तर रुट नमिल्दा र मानिसहरुले थाहा नपाउँदा ती गाडिहरुका खासै यात्रुहरु थिएनन् । 

अन्य दिन जस्तै ट्याक्सीको मनपरी टीकाको दिनमा पनि देखियो । मिटरमा जान धेरैले आनाकानी गरेका थिए ।

भनेजति पैसा दिँदा पनि ट्याक्सीले गन्तव्यमा नपुर्याई दिँदा यात्रुहरुले सास्ती भोग्नु परेको थियो ।

कतिपय ठाउँमा दसैंको टीका एक दिन मात्र लगाउने चलन छ । केहीले भने पूर्णिमासम्म पनि लगाउने गर्दछन् ।

कोजाग्रत पूर्णिमासम्म दसैंको टीका लगाउनेहरुको चहलपहलले गर्दा नेपाली समुदाय अझै केही दिन दसैंको रमाइलोमा भुल्ने छ ।