
काठमाडौं । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा आज खड्ग जात्रा पर्व मनाइएको छ ।
विजयादशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्कने गर्दछन् ।
काठमाडांैमा टेःबहाल र वटुबाट भद्रकाली,कोहिटीबाट निलवाराही,यट्खाबाट कंकेश्वरी र मध्यरातमा तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको हो ।
खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसुरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ ।
खड्ग जात्रामा शक्तिपीठहरुबाट तन्त्र साधना गरी साँझ देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट खड्ग जात्रा निकालिन्छ ।
कीर्तिपुरमा पनि महिलाले खड्ग जात्रा निकालेका छन् । यहाँका महिलाले खड्गको सट्टा सिन्दूर दानी बोकेर नगर परिक्रमा गरी खड्ग जात्रा निकाल्ने परम्परा छ ।
ललितपुरमा भने हिजो २५ वर्षसम्म रोकिरहेको खड्ग जात्रा पर्व शुरु भएको छ । हिजो मात्र ललितपुरको दरवार क्षेत्रमा खड्ग जात्रा पर्व मनाईएको थियो ।
त्यस्तै, काठमाडौं इन्द्रचोकमा रहेको आकाश भैरवको चालं पूजा सम्पन्न भएको छ ।
विजयादशमीको दिन आकाश भैरवमा रहेको नाटेश्वरको अमूर्त मूर्तिलाई नगर परिक्रमा समेत गरिएको छ ।
परम्परागत साँस्कृतिक बाजागाजाका साथ ठाउँ ठाउँमा भैरव र पीठ पूजासमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्