१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


पूर्वराजा-रानीको हातबाट टीका लगाउन नेतादेखि सर्वसाधारणको लाइन


0
Shares

काठमाडौं । बडादशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलले पनि आज सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

पूर्वराजा शाहले आफ्नै निर्मल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।

पूर्वराजाको हातबाट टिका थाप्नेको निर्मल निवासको मुख्य गेट अगाडि भीड लागेको थियो ।

अघिल्लो वर्षभन्दा यस वर्ष पूर्वराजाको हातबाट टिका थाप्न आउनेको संख्या उल्लेख्य थियो ।

पूर्वराजा ज्ञानेन्द्रको हातबाट टिका थाप्न राप्रपा अध्यक्ष कमल थापा, नेताहरु बुद्धिमान तामाङ, टंक ढकाललगायत पूर्वपञ्च र सर्वसाधारण निर्मल निवास पुगेका थिए ।

निर्वास निवास पुगेकाहरुले पूर्वराजालाई देश बचाउन आग्रह गरेका थिए ।