८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै


0
Shares

काठमाडौं, जेठ २७ । सन् २०१९ पछि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताका आधारमा नेपाली युवा माग गर्ने भएको छ ।

हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नजिता ल्याउने युवालाई कोरियाले छनोटको आधार बनाउँदै आएको छ ।

अर्को वर्षदेखि सीप, कार्यदक्षता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने तयारी कोरियाले गरेको छ ।

कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यदक्षता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान योग्य हुनेछ ।

मानव संसाधन विकास बोर्ड(एचआरडी) कोरिया नेपाल शाखाका अनुसार सन् २०१९ देखि रोजगार प्रणाली अन्तर्गतका कोरियाली भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ छनोट प्रक्रिया लागु गरिने योजना रहेको जनाएको छ । -कारोबार दैनिकबाट