
काठमाडौं, कात्तिक १ । काठमाडौंको स्वयम्भूस्थित ठूलोभर्याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
मृतक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ घर भइ सानोभर्याङ बस्ने ५५ वर्षीय वीरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
वनस्थलीबाट स्वयम्भू जाँदै गरेको बा२९प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका तामाङको मनमोहन मेमोरियल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्