८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा


0
Shares

पोर्ट सिडक्सन (मलेसिया), असोज ३१ । मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीकारुपमा हेर्न थालेका छन् ।

मलेसियाको मूलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीकारुपमा चर्चा थालेका बताइएको छ ।

मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पूर्ववर्ती सरकारका पालामा जेल परेका थिए । जेल सजाय भोगेका उनी वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा भएका हुन् ।

उनी गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत् संसद सदस्य पनि विजयी भएका छन् ।

सो विजयसँगै उनलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीकारुपमा हेर्न थालिएको छ ।

उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको जनाइएको छ ।

मलेसियामा यसै वर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो ।

सोही सहमतिबमोजिम नै उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उनी महाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो ।

यसअघि, राजनीतिबाट विश्राम लिने घोषणा नै गरेका ९३ वर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्कनुपरेको बताएका थिए ।

तर, अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो । पछि उनलाई काराबासको सजाय दिइएको थियो ।

महाथिरको सरकार बनेपछि उनी रिहा भएका हुन् ।

भावी प्रधानमन्त्रीकारुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ । रासस/सिन्ह्वा