
काठमाडौं । पाकिस्तानमा छ वर्षिया बालिका जैनाब अन्सारीको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी पाइएका इमरान अलीलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।
लाहोरको कोट लाख्पात कारागारमा २१ वर्षिय इमरान अलीलाई मृत्युदण्ड दिंदा जैनाबका बाबु अमिन अन्सारी र अरु नातेदार पनि उपस्थित रहेको प्रहरीले जनाएको छ
यसअघि, अमिन अन्सारीले इमरान अलीलाई सार्वजनिकस्थलमा झुण्ड्याउन गरेको अपिल लोहोरको उच्च अदालतले अस्वीकार गरेको थियो ।
इमरान अलीले अरु छजना युवतीमाथि पनि यस्तै कुकृत्य गरेको प्रमाणित भएको थियो ।
गत जनवरी ४ मा वेपत्ता भएकी जैनाबको शव पांच दिनपछि फोहोरको थुप्रोमा फेलापरेको थियो ।
घटनालगत्तै दोषीमाथि कारवाही गर्न माग गर्दै सार्वजनिकरुपमा दबाब बढेको थियो । प्रदर्शनकाक्रममा दुईजनाको मृत्युसमेत भएको थियो ।
जैनाबका परिवारले उनी बेपत्ता हुनुअघि फेलापारेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल बनेपछि यसैको आधारमा प्रहरीले इमरान अलीलाई जनवरी २३ मा पक्राउ गरेको थियो ।
फेब्रुअरीमा जैनाबको बलात्कार र हत्याको अभियोगमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्