
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, असोज ३० । कपिलवस्तुमा मंगलबार दुर्गाभवानीको मूर्ति स्थापना गरी धुमधामका साथ झाँकी निकालिएको छ ।
दुर्गाभवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवलगायत देवीदेवताहरुको मूर्तिको झाँकी निकालिएको हो ।
मंगलबारदेखि सुरु भएको सो झाँकी पाँच दिनसम्म चल्नेछ ।
प्रत्येक वर्ष बडादसैंमा कपिलवस्तुका स्थानीय युवाहरुको अग्रसरतामा विभिन्न चोक र गल्लीहरुमा माता दुर्गाभवानीका माटोका मूर्तिहरु बनाइ पूजाआजाका लागि राख्ने गरिन्छ ।
गाजाबाजाका साथ निकालिएका झाँकीहरुको अवलोकन गर्न सहरबजार तथा गाउँघरबाट दर्शनार्थीहरुको भीड लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्