१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


रामेछापमा बस दुर्घटना, एकजनाको मृत्यु, २९ घाइते


0
Shares

रामेछाप, असोज ३० । काठमाडौंदेखि गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३, भीरपानीको सार्की–पँधेरोमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

दसैं मनाउन गाउँ फर्कंदै गरेको बा३ख ४६७५ नम्बरको बस मंगलबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतकाअनुसार गाडी सडकबाट करिब ५० मिटर तल खसेको छ ।

घाइतेहरूको सिन्धुलीको सुनकोसी गाउँपालिकामा रहेको भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

सो दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् ।

विपरीत दिशाबाट आइरहेको गाडीलाई ठाउँ दिनेक्रममा दुर्घटना भएको प्रहरीले आशंका गरेको छ । रासस