८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


गोरखाबाट फूलपाती काठमाडौं लगियो


0
Shares

रेनु श्रेष्ठ (इमेज)

गोरखा, असोज ३० । काठमाडौंको हनुमानढोका दरबारमा भित्रउनका लागि यो वर्ष पनि गोरखाबाट फूलपाती लगिएको छ ।

गोरखा दरबारबाट मंगलबार बिहान ९ बजे बोलेरो जिपमा राखेर फूलपाती काठमाडौं पठाइएको गोरखा रबार हेरचाह अड्डाले जनाएको छ ।

फूलपातीको डोली बोकेर गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले काठमाडौं लैजाने जिपमा राखेका थिए ।

नेपाल एकीकरणपछि काठमाडौंलाई राजधानी बनाइएसँगै हरेक बडादसैंमा गोरखाबाट फूलपाती काठमाडौं लैजाने चलन सुरु भएको हो ।

पहिले–पहिले गोरखाबाट बोकेर धादिङको जीवनपुर हुँदै पैदलयात्राबाटै फूलपाती काठमाडौं लैजाने गरिन्थ्यो ।

तर, सडक निर्माणसँगै फूलपाती गोरखा दरबारबाट यातायतको साधनमै राखेर काठमाडौं लैजान थालिएको हो ।