
विराटनगर, असोज ३० । शान्ति–सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल–भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ ।
बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मीरगन्जस्थित जीर्ण पुलबाट ५०/६० मेट्रिकटन बोकेको मालबाहक गाडी ओहोरदोहोर गर्नबाट उत्पन्न समस्या समाधान गर्न, आइसीटी सन्चालन र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने सम्बन्धमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।
सोमबार बसेको सो बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी केसी, प्रहरी उपरीक्षक मनोज केसी र विराटनगर भन्सार प्रमुख निमांस अधिकारी तथा भारतका तर्फबाट अररियाका जीएम हिमांशु शर्मा, प्रहरी प्रमुख, सीमा सुरक्षा प्रहरी प्रमुख र भन्सार प्रमुखको सहभागिता थियो । रासस
प्रतिक्रिया दिनुहोस्