
चितवन, असोज ३० । भरतपुर–आँपटारी–देवघाट सडकखन्डमा मंगलबार बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।
देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्रगतिका कारण अनियन्त्रित भइ नालामा पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा ३० जना सवार थिए ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सिटी बस चालक फरार रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्