८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


चितुवाको छालासहित तीनजना पक्राउ


0
Shares

काठमाडौं, असोज २९ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले चितुवाको छालासहित सोमबार तीनजनालाई कोटेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौंका एकजना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

एकजनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको उनले बताए ।

उनीहरुबाट चितुवाको आखेटोपहारसहित एकथान छाला बरामद गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई सोमबारै कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ तथा साइटिस महासन्धि–१९७५ अनुसार उनीहरुलाई कारबाही गरिने ब्यूरोले जनाएको छ । रासस