१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु


0
Shares

नेपालगञ्ज, असोज २९ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० एयरपोर्ट नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

गएराति पौने १२ बजे भे५प २३९१ नम्बरको मोटरसाईकल पल्टिँदा कोहलपुर–१५ हवल्दारपुरका २० वर्षीय जीवन चौधरी र १८ वर्षीय दिपेन्द्र थारु गम्भीर घाइते भएका थिए । घाइतेमध्ये जीवनको उपचारको क्रममा गएराति सवा २ बजे मृत्यु भएको हो ।

दिपेन्द्रको भने नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।