२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीप दुर्घटना, एकजनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २९ । काठमाडौंको दक्षिणकाली नगरपालिका ९ टल्कुमा गएराति काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जीपमा सवार कीर्तिपुर चोभार बस्ने ५२ वर्षीया विनादेवी मण्डल रहेकी छिन् । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राति सवा एक बजे मृत्यु भएको प्रहरी प्रभाग फर्पिङले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जितेन्द्र पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ भने घाइते चालक गोर्खाका सोमबहादुर गुरुङ, चोभारकी सन्ध्या श्रेष्ठ, एलिना मण्डल, बालबोड मण्डलको मनमोहन अस्पताल फर्पिङमा उपचार भइरहेको छ ।

गएराति साढे १० बजे बा१३च ६४४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।