Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


संस्कति जगेर्ना गर्न ‘चङ्गा चेट’


0
Shares

काठमाडौं, असोज २९ । बडादशैंमा चङ्गा उडाउने संस्कार घट्दै गइरहेका बेला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलो पटक चङ्गा चेट प्रतियोगिता भएको छ ।

शनिबार भएको सःशुल्क प्रतियोगितामा उल्लेख्य रुपमा मकवानपुरका ४७ जना सहभागी थिए ।

हेटौंडाका सुनीलकुमार लामा प्रतियोगितामा प्रथम हुँदै नगद दश हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउन सफल भए । प्रतियोगितामा हेटौंडाकै सुनील खड्गी दोस्रो र विनोद खड्गी तेस्रो हुँदै क्रमशः पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ पाए ।

नेपाली संस्कृतिको जगेर्ना गर्दै बचत रकम सामाजिक कार्यमा खर्चिने उद्देश्यले जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडाले कार्यक्रम आयोजना गरेको हो । –नागरिक दैनिकबाट