
कविराज घिमिरे
धनकुटा, असोज २८ । नेपालीहरुको महान चाड बडादशैं घर आँगनमा भित्रिसकेको छ । तर अहिले मनाइने दशैंमा पुरानो मौलिकता हराउँदै गएको छ । आधुनिकताले ढपक्कै ढाकेको छ ।
एक समय थियो दशैं भित्रिँदै गर्दा रातो माटो र चुनले घरआँगन लितपोत गरी सजाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिएको रोटे पिङ लगाइन्थ्यो, अनि गाउँभरीका सबै भेला भएर खेल्ने गरिन्थ्यो ।
दशैंका लागि आवश्यक पर्ने चिउरा, चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने गरिथ्यो । बर्षमा एक जोर नयाँ कपडा बल्लतल्ल दशैंमा पाइथ्यो । त्यो बेला सामान्य खर्चमा दशै मनाउन सकिन्थ्यो ।
तर अहिलेको दशैंमा यी प्रचलन सबै लोप हुँदै गएका छन् ।
विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्