
म्याग्दी । म्याग्दीको गुर्जा हिमालको बेसक्याम्पसमा हिम पहिरो जाँदा ५ जना कोरियाली पर्यटकसहित ८ जना बेपत्ता भएका छन् ।
हिम पहिरोमा परेका एक जनाको शव फेला परेको छ । उद्धारका लागि सुरक्षाकर्मीको टोली घट्नास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
धौलागिरि गाउँपालिका–१ गुर्जा हिमाल आरोहणका लागि एक दशकपछि बल्ल पर्यटक आउन थालेका थिए ।
विसं २०६५मा चुरेन हिमाल आरोहण भए पनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि पर्यटक आएका थिएनन् ।
यसै सातामात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणका लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिएका थिए ।
सात हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणका लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा चार कोरियन र तीन नेपाली टोली त्यसतर्फ लागेका हुन् ।
पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले उक्त हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने तयारीका साथ आधार शिविरतर्फ लागेको उनले बताए ।
पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा छ हजार ४६५ मिटर अग्लो छ ।
गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल रहेको गुर्जामा २०६५ सालपछि यस वर्ष मात्र हिमाल आरोहीको टोली आएपछि स्थानीयवासी उत्साहित भएका छन् ।
गुर्जा सात हजार १९३ मिटर, गुर्जा पश्चिम छ हजार ४६५ मिटर, चुरेन सात हजार ३७१ मिटर, पुथा सात हजार २६१ र म्याग्दीमाथा सात हजार मिटरभन्दा अग्लाअग्ला छन् ।
प्रतिक्रिया दिनुहोस्