१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


धादिङमा टिपर पल्टँदा तीनजनाको मृत्यु, तीन घाइते


0
Shares

धादिङ, असोज २६ । धादिङको थाक्रे गाउँपालिका–१०, मानेडाँडामा एक टिपर पल्टँदा तीनजनाको मृत्यु भएको छ । अरु तीनजना घाइते भएका छन् ।

शुक्रबार साँझ थाक्रे गाउँपालिका–१०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा५प २४१८ नम्बरको टिपर अनियन्त्रित भइ दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।

मृत्यु हुनेमा थाक्रे–१० का ३२ वर्षीय महेश तामाङ, सोही ठाउँका ५० वर्षीया सावित्री तामाङ र ६० वर्षीया सोममाया तामाङ रहेका छन् ।

दुर्घटनामा परी तीनजना घाइते भएका छन् । घाइते हुनेमा टिपर चालक हरेन्द्र तामाङ, टेकबहादुर तामाङ र ४ वर्षीया एक बालिका रहेका छन् ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौं पठाइएको छ । टिपर सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।