२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


रोगबाट संक्रमित पशु–पन्छीहरुको आयात र बिक्री वितरण गरे कारवाही


0
Shares

काठमाडौं, असोज २६ । पशु सेवा विभागले रोगबाट संक्रमित पशु–पन्छीहरुको आयात र बिक्री वितरण गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

विभागले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी देशभित्र र बाहिरबाट ओसारपसार एवं आयात गर्दा अनिवार्य रुपमा प्रमाणपत्रका साथै दर्तावाल पशु चिकित्सकहरुले जारी गरेको भेटनरी प्रमाणपत्र साथमा राख्न अनुरोध गरेको छ ।

विभागले नियमविपरित पशु–पन्छी भित्र्याएको थाहा पाएमा पशु क्वारेन्टाइन कार्यालय वा पशु क्वारेन्टाइन चेकपोष्टमा जानकारी दिन अनुरोध गरेको छ । पशु क्वारेन्टाइन कार्यालयका अध्यक्ष डा. श्रीराम अधिकारीले रोेगी, घाइते वा मरेका पशुुहरुलाई व्यवासायिक प्रयोजनको लागि ढुवानी वन्द गर्न सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताए ।