पाल्पा, असोज २६ । कतै गाउँपालिकाले करोडौं मूल्य तिरेर कार्यालयका लागि जग्गा किनिरहेका छन् भने कतै करोडौं मूल्य पर्ने जग्गा स्थानीयले निःशुल्क रुपमा उपलब्ध गराइरहेका छन् ।
पाल्पाको तिनाउँ गाउँपालिकाकाका स्थानीयले कार्यालय स्थापनाका लागि जग्गा दान गरेका छन् । जग्गाको टुङ्गो लागेसँगै तिनाउँ गाउँपालिकाको केन्द्र दोभानमा पक्का भएको छ ।
तिनाउँ गाउँपालिका वडा नंं २ दोभानका ७ जनाले संयुक्त रुपमा १ करोड २० लाख मूल्य पर्ने जग्गा निःशुल्क प्रदान गरेका हुन् । तिनाउँ २ दोभानकी कमला थापा, लालबहादुर थापा, जया थापा, नारायण बस्याल, कृष्ण बस्याल, दिपा थापा, शेरबहादुर थापा मिलेर ६ रोपनी जग्गा गाउँपालिकालाई प्रदान गरेका हुन् ।
जग्गादाताहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । भवन निर्माणका लागि प्रदेश सरकारले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्