काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा खाडी जानेलाई कडाइ गरेपछि मानव तस्कर गिरोहले नक्कली डिपार्चर स्टाम्प प्रयोग गर्न थालेको भेटिएको छ ।
गिरोहले नागरिकता देखाएर भारतको नयाँदिल्ली पुर्याउने र त्यहाँ नक्कली डिपार्चर स्ट्याम्प हानेको पासपोर्टमार्फत तेस्रो मुलुक उडाउने गरेको खुलेको हो ।
तस्करहरुले भारत जान पासपोर्ट अनिवार्य गरेको फाइदा उठाइरहेका छन् । अध्यागमन अधिकारीले मंगलबार विहान नागरिकताकै भरमा भारत उड्न लागेका दुई महिला र एक पुरुषमाथि खानतलासी गरे ।
उनीहरुले पासपोर्ट नभएको र जरुरी काममा दिल्ली जान लागेको बताएका थिए । तर खानतलासीमा सप्तरी, फत्तेपुरका जितेन्द्रप्रसाद शाह, ललिता शाह र मुन्नीदेवी शाहले जुत्ताभित्र र मोजामा पासपोर्ट लुकाएको भेटियो ।
अध्यागमनका अनुसार दुई महिला दिल्लीबाट मकाउ उड्ने योजनामा थिए भने जिेतन्द्र पत्नीलाई विदाइ गर्न दिल्ली जाँदै थिए । -कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्