Logo १ मंसिर २०८२, सोमबार | Tue Nov 18 2025


रसियामा काम लगाइदिन्छु भन्दै ठगी, तीनजना पक्राउ


0
Shares

काठमाडौं, असोज २४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई बुधबार पक्राउ गरेको छ ।

रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिइ ठगी गरेको सूचनाका आधारमा ब्यूरोले तीनजनालाई पक्राउ गरेको हो ।

हालसम्म ३९ पीडितबाट रु ४५ लाख ११ हजार बढी रकम लिएको उजुरी प्राप्त भएको र थप जाहेरी आउनेक्रम जारी रहेको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोटका राजु तामाङ, ललितपुरका ज्ञानगोविन्द वैध र सिन्धुपाल्चोकका जगतबहादुर श्रेष्ठ छन् । उनीहरुले ४०–४५ व्यक्तिसँग रकम र राहदानी संकलन गरिसकेको खुल्न आएको छ ।

उनीहरुविरुद्ध बुधबारै काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।