१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


अनावश्यक चेकजाँचका कारण कृृष्णनगर नाका भएर फर्कने नेपालीलाई सास्ती


0
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाका भएर फर्कने नेपालीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

नेपाल र भारततर्फ भइरहेको अनावश्यक चेकिङका कारण आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।

रोजगारीका लागि भारतका विभिन्न भागमा पुगेकाहरु अहिले दसैं मान्न घर फर्किंदै छन् ।

तर, सीमानामा सुरक्षाकर्मीले अनावश्यक दुःख दिएको गुनासो उनीहरुले गरेका छन् ।

कृष्णनगरबाट मात्र अहिले दैनिक ८ सयभन्दा बढी नेपाली चाडबाड मनाउन घर फर्किने गरेका छन् ।

नेपालीहरुले ल्याएका लत्ता कपडा चेकजाँचको नाममा प्रहरीले खोलेर बिगारी दिने र फालिदिने गरेको उनीहरुको गुनासो छ ।

नेपाल प्रहरीले भने आफूहरुले यो नाका भएर फर्कनेलाई चेकजाँचका नाममा दुःख नदिएको दाबी गरेको छ ।

प्रहरीले नागरिक सहायता केन्द्र राखेर उनीहरुलाई सहयोग गरेको जनाएको छ । भारतले पनि सिमा क्षेत्रमा नागरिक सहायता केन्द्र राखेको छ ।