Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


जेनजी विद्राेह: एक महिना म्याद थप गर्न सरकारसँग जाँचबुझ आयोगकाे आग्रह


338
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको छ।

छानबिन अझै गहिराइमा लैजानुपर्ने भएकाले म्याद थपको आवश्यकता परेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताउनुभएकाे हाे। आयोगले आवश्यक प्रमाण संकलन र बयान लिन समय लाग्ने भन्दै प्रधानमन्त्री कारकीसँग औपचारिक छलफलमार्फत म्याद थपको माग गरेको जनाएको छ।

अध्यक्ष कार्कीले अर्को हप्ता विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको पनि जानकारी दिनुभयाे। उहाँका अनुसार घटनासँग सम्बन्धित सबै पक्षको धारणा सुनेर निष्पक्ष निष्कर्षमा पुग्ने आयोगको उद्देश्य छ।

तोकिएको समयसीमाभित्र यथासक्य तथ्य संकलन गरिसके पनि थप अनुसन्धानका लागि म्याद बढाउनुपर्ने निष्कर्षमा पुगेको आयोगले जनाएको हाे।