Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


पोखरा सडक महोत्सव पौष १३ गतेदेखि शुरू हुने


260
Shares

काठमाडाैं। पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गतेदेखि शुरु हुने भएको छ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवकाे बारेमा जानकारी गराएको हो। महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएकाे छ। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिब साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने भएकाे हाे।

सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ भन्ने मूल नारासहित खाना, संस्कृति र संगीतलाई प्रवद्र्धन गर्न महोत्सवले मुख्य भूमिका खेल्ने पोखरा सडक महोत्सवको २७ औं संस्करणका संयोजक बसन्त गौतमले बताउनुभयो। उहाँका अनुसार महोत्सवले पोखराको पहिचान र गौरवमय इतिहासको बोध गराउने बताउनुभएकाे छ।

पोखरा प्राकृतिक र साँस्कृतिक रुपमा खुला संग्रहालय भएको उल्लेख गर्दै उहाँले सडक महोत्सवले पर्यटन तथा अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।