काठमाडौं, असोज २४ । गण्डकी प्रदेशलाई वैदेशिक सहायता लिएर विदेशबाट गाई खरिद गर्न संघीय सरकारको अर्थ मन्त्रालयले अनुमति दिएको छ ।
प्रदेशले वैदेशिक सहायता लिन संघको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्थसँग अनुमति मागेको थियो ।
संघको अनुमतिपति गण्डकी प्रदेशले १० हजार चिनियाँ गाई भित्र्याउने प्रक्रिया अघि बढाउन पाउने भएको छ । संघले केही दिनअघि मात्र अनुमति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए ।
आगामी तीन वर्षभित्र प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने नीतिअनुसार गण्डकी प्रदेश सरकारले १० हजार गाई खरिद गर्न लागेको हो । –नागरिक दैनिकबाट




प्रतिक्रिया दिनुहोस्