२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका दिलिपसिंह विष्ट के भन्छन् ? (भिडियो)


0
Shares

दुर्गा उपाध्याय/ईमेज:

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा २५ दिनसम्म प्रहरी हिरासतमा रहेका दिलिपसिंह विष्टको मानसिक अवस्था बिग्रँदै गएको छ ।

प्रहरीले दिलिपलाई हिरासतमा लिएर यातना दिएकै कारण उनको अवस्था बिग्रिएको भन्दै परिवारले उपचारको माग गरेका छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको झुठो अभियोग लगाएर प्रहरीले दिलिपसिंह विष्टलाई हिरासतमा मात्रै राखेन, शारिरीक र मानसिक यातनासमेत दियो ।

त्यही कारण अहिले उनको मानसिक अवस्था बिग्रिदै गएको उनका परिवारको दाबी छ ।

१२ वर्षदेखि मानसिक अस्वस्थ रहेका विष्टको उपचारका लागि परिवारले निकै खर्च गर्‍यो ।

उनी पूर्ण रुपमा निको हुन त सकेनन्, तर स्वास्थ्यमा भने केही सुधार आएको थियो ।

तर, अहिले प्रहरीको यातनाका कारण दिलिप न रातीमा निदाउन सक्छन् न उनको खाने बस्ने टुङ्गो नै छ ।

पीडित दिलिपले आफूलाई प्रहरीले झुठो अभियोग स्वीकार गर्न दबाब दिएर मानसिक र शारिरीक यातना दिएको बताउने गरेका छन् ।

मुलुकी अपराध संहिता ऐनमा कानुन बमोजिम नियन्त्रण वा हिरासतमा राख्न अधिकार प्राप्त अधिकारीले कसैलाई शारिरीक, मानसिक रुपमा यातना दिन, दिन लगाउन वा अमानविय कार्य गर्न नपाउने उल्लेख छ ।

यस्तो कसुर गर्ने व्यक्तिमाथी ५ वर्ष कैद र ५० हजार जरिवाना वा दुबै हुन सक्ने तथा क्षतिपूर्ति समेत दिनुपर्ने कानुनी प्रावधान रहेको जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले बताए ।

पीडितलाई यातना दिएकै कारण उनको मानसिक अवस्था बिग्रिएको हो भने त्यसको उपचार राज्यले गरिदिनुपर्छ ।

झुठा अभियोग लगाएर यातना दिने अधिकारीलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्छ ।