२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘सबैजना मिलेर समाजका लागि योगदान गर्नुपर्छ’


0
Shares

काठमाडौं, असोज २२ । घर आँगन नेपाल नामक संस्थाले अपांगता भएका, अनाथ, असहाय बालबालिकाको उद्धार गर्नुका साथै ग्रामीण भेगबाट सुत्केरी व्यथाले च्यापेका महिलाहरुको हेलिकोप्टरबाट उद्धार गर्दै आइरहेको दाबी गरेको छ ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो संस्थाका सल्लाहकार डा. भोला रिजालले एकैजनालेमात्रै केही गर्न नसकिने भएकाले सबैजना मिलेर समाजका लागि केही योगदान गर्नुपर्ने बताए ।

त्यस्तै, नयाँपुस्तामा ‘म केही गर्न सक्छु र जीवनमा केही गर्नुपर्छ’ भन्ने आत्मविश्वास भएमा जस्तोसुकै सामाजिक कार्य गर्नसकिने पूर्वप्रधानसेनापति रुक्मांगत कटुवालले बताए ।

कार्यक्रममा पाथिभरा सहकारी संस्थाले घर आँगन नेपाल नामक संस्थालाई एक लाख ५ हजार ५०० रुपैया सहयोग उपलब्ध गराएको थियो ।

उक्त संस्थाले हालसम्म सिन्धुपाल्चोक जिल्लाका प्रशव वेदनाको गम्भीर अवस्थामा रहेका दुई महिलाहरुको उद्धार गरिसकेको पनि जनाएको छ ।