२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


नवलपरासीमा दसैंलक्षित सुरक्षा योजना


0
Shares

नवलपरासी, असोज २२ । बडादसैं नजिकिँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका जिल्लास्थित सुरक्षा निकायले विशेष सुरक्षा योजना सन्चालन गरेका छन् ।

राजमार्ग र सहायक मार्गमा चल्ने सवारी–साधनदेखि सीमा क्षेत्रमा गस्ती बढाएर सुरक्षा सतर्कता अपनाइएको हो ।

सुरक्षा सतर्कता कार्यलाई छठ पर्वसम्म निरन्तरता दिइने पश्चिम नवलपरासीका प्रमखु जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

चाडपर्वको समयमा लुटपाट, चोरी–डकैती र सवारी दुर्घटना बढी हुने भएकाले राजमार्ग र सहायक राजमार्गमा ‘यात्री सहायताकक्ष’ स्थापना गरेर यात्रीहरुलाई सचेतनाका कार्यक्रम सन्चालन गरिएको छ ।

शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर प्रहरीले चेकजाँचलाई कडा बनाएको जनाइएको छ ।