Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


पूर्वशिक्षक घिमिरे टेम्पोबाट कमाउँदै


0
Shares

काठमाडौं, असोज २२ । नयाँ पेसा के होला भन्दै दोलखा, मैनापोखरीका शिक्षक टीकाराम घिमिरे भौंतारिँदै थिए । २८ वर्ष शिक्षण पेसा गरेपछि पशुपालन थाले तर व्यवसाय डुब्यो ।

त्यसपछि अर्को नयाँ काम खोजे । जिल्लामा कसैले नगरेको व्यवसाय खोज्दै हिँड्दा एकदिन एउटाले भनिदियो, ‘टेम्पो चलाउनु, राम्रो कमाइ हुन्छ ।’

उक्त कुरा सुन्ने बित्तिकै तराई र समथरमा गुड्ने टेम्पो हिमाली जिल्लाको उकाली सडकमा गुडाउन सकिएला त भन्ने लाग्यो । उनी भन्छन्, ‘दोलाखामा टेम्पो भित्र्याउने पहिलो बन्न पनि यो काम गरेरै छाड्छु भन्ने सोचेँ ।’

उनले मासिक ५० देखि ६० हजार रुपैयाँ कमाइरहेका छन् । –कान्तिपुर दैनिकबाट