Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


‘चिनीको अभाव’ भन्नेलाई बोराका बोरा चिनी पठाइदिन्छौं : मन्त्री यादव


0
Shares

काठमाडौं, असोज २२ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले चिनी अभाव नभएको र बजारभाउ पनि नबढेको भन्दै चिनीको अभाव भयो भन्नेहरुलाई बोराका बोरा दिएर पठाइदिने बताएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री यादवले उपभोक्ताले सस्तो मूल्यमा आवश्यक सामग्री खोज्नु स्वाभाविक भएको बताउँदै अहिले चिनीको कुनै अभाव नरहेको स्पष्ट पारे ।

मन्त्री यादवले बजारमा कुनै मूल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । –राजधानी दैनिकबाट