१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


राष्ट्रकवि घिमिरेलाई सम्मान


0
Shares

काठमाडौं, असोज २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधव घिमिरेले नेपाली साहित्यमा अतुलनीय योगदान पु¥याएको बताएका छन् ।

राष्ट्रकवि घिमिरेको १०० औं जन्मोत्सवको अवसरमा उनको अभिनन्दनका लागि राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घिमिरेका सिर्जनामा देशभक्ति प्रतिबिम्वित हुने गरेको बताए ।

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको गौरवगाथा गाउने राष्ट्रकवि घिमिरे प्रकृतिका पूजारी भएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेलाई महाउज्ज्वल राष्ट्रदीप प्रथम सम्मानबाट सम्मानित गरे ।