सिन्धुपाल्चोक । पहिले कहींकतै नदेखेको–नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन ।
हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दूधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ ।
पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।
‘दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौं’, शेर्पाले भने,‘दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।’
हाल गाउँपालिकाले गोरुसँगै शिव मन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ ।
जेठदेखि गाईकोझै गोरुको अण्डकोष छेउको थुनबाट सेतो थोपा खस्न थालेपछि मालिक सोनाम तामाङले अनुमानको भरमा दुहेका थिए
झरेको झरै गरेपछि सेतो पदार्थ चाख्दा दुधको स्वाद आएपछि सोनाम आफैं चकित परे ।
बिहानबेलुकी गरेर एक माना दूध दिने गोरुको दुध औषधि हुने भएकाले दही र घिउ बनाउन थालिएको छ । -कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्