
काठमाडौं, असोज १९ । बडादसैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रीहरुको सहजताका लागि यातायात व्यवसायीहरुले गाडी थप गर्ने भएका छन् ।
असोज ९ गतेबाट दसैंका लागि भन्दै अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।
बुकिङ खुला भएको १० दिनमै दैनिकरुपमा चल्ने गाडीका टिकट सकिन लागेकाले थप साधनको व्यवस्था गर्न लागेको यातायात व्यवसायीहरुले बताएका छन् ।
यसअघि, आफूहरुको मागलाई सरकारले बेवास्ता गरेको भन्दै व्यवसायीहरुले नियमित रुटकाभन्दा गाडी थप नगर्ने अडान राख्दै आएका थिए ।
गाडी थपिने भएसँगै यात्रीहरुलाई भने केही राहत पुग्ने भएको छ ।
दसैंको समयमा करिब २० लाख यात्री काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्