१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


लेक लागेर ताइवानी पर्यटकको मृत्यु


0
Shares

सोलुखुम्बु, असोज १९ । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए ।

सगरमाथा आधारशिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ ।

करिब ४५ वर्षीय च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौंमार्फत् घुम्न आएका थिए ।

अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकोप्टरमार्फत् घटनास्थलमा पुगिसकेको बताइएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौं पठाइनेछ । रासस