काठमाडौं, असोज १९ । सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक प्रतिबन्ध खुलाउने तयारी गरेको छ ।
स्वदेशी चिनी उद्योगको प्रवर्द्धन गर्न भन्दै सरकारले आयातित चिनीमा प्रतिबन्ध लगाएको थियो । तर, यस्तो प्रतिबन्धका कारण बजारमा चिनीको मूल्य अस्वाभाविक बढेको भन्दै यसलाई नियन्त्रण गर्न आयात प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले बजारमा चिनीको मूल्य अस्वाभाविक रुपमा बढेपछि आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न लागिएको जानकारी दिए । –कारोबार दैनिकबाट




प्रतिक्रिया दिनुहोस्