१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


साइकललाई ठक्कर दिएर जिप पल्टिँदा एक जनाको मृत्यु, तीनजना घाइते


0
Shares

झापा, असोज १८ । झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा बिहीबार भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

दुईजना साईकल यात्रीलाई ठक्कर दिएर जिप पल्टिदा एक जनाको मृत्यु तथा तीनजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे मे१ज २४६२ नम्बरको जिपले अर्जुनधारा नगरपालिका–१० का ६० वर्षीय विष्णुप्रसाद आचार्य र मेचीनगर नगरपालिका–१२ बस्ने ३८ वर्षीय शंकर रोका सवार साईकललाई ठक्कर दिएको थियो ।

साईकलयात्रीलाई ठक्कर दिएर जिप पल्टिँदा जिपमा सवार इलाम जोगमाईका विशाल सापकोटा र दिगेन्द्र रिमालसहित साइकलयात्री आचार्य र रोका घाइते भएकोमा उपचारका लागि अस्पताल लैजाँदा आचार्यको भने मृत्यु भएको जनाइएको छ ।