Logo २९ कार्तिक २०८२, शनिबार | Sun Nov 16 2025


ट्राफिक जामका कारण एम्बुलेन्समै बिरामीको मृत्यु


0
Shares

काठमाडौं, असोज १८ । भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं ल्याइँदै गरेका एक बिरामीको ट्राफिक जामका कारण एम्बुलेन्समै मृत्यु भएको छ ।

नौबिसे–नागढुंगा सडकखण्ड पार गर्न घण्टौं लागेपछि चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीको एम्बुलेन्समै ज्यान गएको हो । भरतपुर अस्पतालमा उपचार हुन नसकेपछि चौधरीलाई काठमाडौं रिफर गरिएको थियो ।

चौधरीलाई बोकेर आएको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेर आएको थियो । त्रिभुवन राजपथमा पर्ने धुनीबेसी नगरपालिकाको टायलघरमा पुगेपछि चार घण्टासम्म जाममा बस्नु परेको थियो । 

जाममै फसेका बेला बुधबार बिहान करिब १० बजेतिर बिरामीको मृत्यु भएको प्रहरीले जनाएको छ । –नागरिक दैनिकबाट