
भक्तपुर, असोज १७ । भक्तपुरको सूर्यविनायकमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार बा४ख ३६५० नम्बरको टिपरले बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे, दराउनेपोखरीका रामकृष्ण श्रेष्ठको मुत्यु भएको हो ।
दुर्घटनापछि स्थानीयले टिपरमा आगजनी गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रण गर्न लाठीचार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
भक्तपुर प्रहरीका डीएसपी रेवतीरमण पोखरेलले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्