३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


विश्वकप फुटबल : फ्रान्स दोस्रो चरणमा प्रवेश गर्दा पेरु बाहिरियो


0
Shares

मस्को, असार ८ । उपाधि दाबेदार मानिएको फ्रान्स विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जित दर्ता गर्दै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

गएराति भएको खेलमा फ्रान्सले पेरुलाई १–० ले पराजित गर्‍यो । खेलमा फ्रान्सलाई जिताउन ३४ औं मिनेटमा किलिएन एम्बाप्पेले गरेको गोल निर्णायक बन्यो ।

पेरुले खेल अवधिभर थुप्रै राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा पराजित हुनुपरेको हो ।

यसअघि समूह ‘सी’ को पहिलो चरणका खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले पराजित गर्दा पेरु डेनमार्कसँग १–० ले हारेको थियो ।

लगातार दोस्रो हारसँगै पेरु प्रतियोगिताबाट बाहिरिएको छ ।