Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


बन्दको अवज्ञा गरेको भन्दै सरकारी वकिलको कार्यालयमा तोडफोड, कर्मचारीमाथि हातपात


0
Shares

कन्चनपुर । बन्द अवज्ञा गरेको भन्दै नेवि संघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।

उनीहरुले कार्यालयका कर्मचारीमाथिसमेत हातपात गरेका छन् । कुटपिटबाट चार जना घाइते भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

घाइते हुनेमा नायव सुब्बा कृष्णदत्त भट्ट, कार्यालय सहयोगी धनविर सिंह भाट, चालक यज्ञराज जोशी र डाटा इन्ट्री अपरेटर मञ्जु भट्ट छन् ।

यातायात तथा सरकारी कार्यालयहरु बन्द गराउँदै हिँडेका नेविसंघका कार्यकर्ताले सरकारी वकिलको कार्यालयमा रहेको बा २ झ २७५ नम्बरको गाडी, झ्याल, ढोका तथा कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर तोडफोड गरेका छन् ।