Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


यात्रु सहायता कक्ष स्थापना


0
Shares

दाङ, असोज १६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ ।

चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक मदनबहादुर कुँवरले जानकारी दिए ।

सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टमा राखिने उनले बताए ।

हाल घोराहीको बसपार्क, ट्राफिक चोक र लमहीमा सहायता केन्द्र स्थापना गरिएको छ । यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने, अभद्र व्यवहार हुनसक्ने भएकाले सहायता कक्षमा समस्या समाधानका लागि विभिन्न टेलिफोन नम्बरको समेत व्यवस्था गरिएको छ । (रासस)