
काठमाडौं, असोज १५ । यस वर्षको प्राचीन सांस्कृतिक बाजा ‘पछिमा’ प्रतियोगितामा भाजुबिर सिरपा पुरस्कारबाट प्रथम स्थान पुलासं तेखाचो गुठी, दोस्रो सिवा साय्मि खलःगुठी र तेस्रो स्थान साक्वला शिवरात्रि भक्तपुर गुठीले प्राप्त गरेका छन् ।
सोमबार राजधानीमा आयोजित प्रतियोगितामा सो पुरस्कार सिरपाबाट क्रमशः प्रथम हुने लक्ष्मीप्रसाद मानन्धरलाई ५० हजार, दोस्रो हुने नजरमान मानन्धरलाई ३० हजार र तेस्रो हुने विष्णुबहादुर मानन्धलाई २० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरियो ।
अरु सहभागीहरुलाई एक हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
प्राचीन ‘पछिमा’लगायतका बाजाहरु संरक्षणका लागि भाजुबिर सिरपा स्थापना भएको हो ।
सांस्कृतिक धरोहरहरु बचाइराख्नका लागि यस किसिमका प्रतियोगिता वि.सं. २०४३ सालबाट आयोजना गर्दै आएको केन्द्रीय मानन्धर संघका पूर्वउपसभापति लक्ष्मीदास मानन्धरले बताए ।
प्रतियोगितामा काठमाडौं, भक्तपुर, ठिमी, बनेपा र साँखुबाट विभिन्न स्थानका १० ओटा गुठीहरुबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्