
काठमाडौं, असोज १५ । नेपाल प्रहरीले कन्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका प्रमुखका भतिज आयुष विष्टको डीएनए दुई ठाउँमा परीक्षण गरिएको दाबी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत् राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिएको जनाएको हो ।
यसअघि, यी तीनैजनाको डीएनए परीक्षण एक ठाउँमा भएको भन्दै परीक्षणमै प्रश्न उठेको थियो ।
प्रतिक्रिया दिनुहोस्