
तेह्रथुम, असोज १५ । बलात्कार र महिला हिंसाका घटनाको विरोध गर्दै तेह्रथुमका मानवअधिकारवादी संघ–संस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
अधिकारकर्मीहरुले बढ्दो हिंसा र बलात्कारका घटनाको न्यूनीकरण, दोषीलाई कारबाही र पीडितको सुरक्षाका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका हुन् ।
डेढ दर्जन अधिकारवादी संघ–संस्थाले अभियानकैरुपमा धर्ना, र्याली र ज्ञापनपत्र बुझाउँदै हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि पहल गर्न माग गरेका छन् ।
अधिकारकर्मीहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन मागसमेत गरिएको छ ।
अधिकारकर्मीहरुले बलात्कारविरुद्ध हस्ताक्षर संकलन अभियान पनि सन्चालन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्