धनकुटा, असोज १५ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अरु १४ यात्री घाइते भएका छन् ।
साँगुरीगढी गाउँपालिका वडा नम्बर–१०, तम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को१ज १८२१ नम्बरको जिप सो गाँउपालिकाको वडा नम्बर–९ हर्दियामा ‘ब्रेकफेल’ भइ दुर्घटना भएको जनाइएको छ ।
मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका वडा नम्बर–१०, आहालेकी ३९ वर्षीया सनमाया राई र पाँचथर जिल्ला घर भइ साँगुरीगढी गाउँपालिका वडा नम्बर–१० मै बस्दै आएकी ६१ वर्षीया माया सुनुवार छन् ।
घाइतेहरुलाई उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्