Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई उम्मेदवारी सच्याउने वा फिर्ता लिने समय २ बजेसम्म


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयनसम्बन्धी प्रक्रिया अघि बढेको छ। निर्वाचन समितिले उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन वा आवश्यक विवरण सच्याउन बुधबार दिउँसो २ बजेसम्मको समय दिएको छ।

केन्द्रीय निर्वाचन समितिले बुधबार जारी गरेको सूचनामार्फत उम्मेदवारी फिर्ता, विवरण सच्याउन निवेदन दिन तथा प्रकाशित उम्मेदवार सूचीमा नाम छुटेको भए त्यससम्बन्धी दाबी प्रस्तुत गर्न सकिने व्यवस्था गरेको हो।

समितिले बुधबार नै महाधिवेशनका विभिन्न पदका उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको थियो। उक्त प्रारम्भिक सूचीअनुसार कांग्रेसको विभिन्न पदमा गरी ८०९ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिले तोकेको समयभित्र उम्मेदवारले आफ्नो उम्मेदवारीसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।