
सप्तरी । विवाहित हिन्दु नारीहरुले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाइने पवित्र जितिया पर्व आजबाट सुरु भएको छ ।
मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईने परम्परा रहिआएको छ ।
आजैका दिन ब्रतालु महिलाहरुले स्थानीय नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल र सिन्दुर भगवान जितमाहनको पुजा गरेका छन् ।
पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा माछ मरुवा पनि भनिन्छ ।
पर्वको दोस्रो दिन अष्टमी तिथिमा ब्रतालुहरु २४ घण्टाको लामो निराहार उपवास बसेर भगवान जितमाहनको कथना सुन्ने गरिन्छ ।
पर्वको अन्तिम दिन नवमी तिथिमा ब्रतालुहरुले पुनः नदि, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ दिएर ब्रत समाप्त भएको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्